Section 35
काम कारबाही पारदर्शी हुनु पर्ने
(१) बोर्डको काम कारवाही, लेखा तथा आर्थिक प्रशासनसंग सम्बन्धित कुरा पारदर्शी हुनु पर्नेछ ।
(२) बोर्डबाट हुने खरिद–बिक्री वा ठेक्का पट्टा सम्बन्धी कुराहरु सार्वजनिक बोलपत्रद्वारा खुला प्रतिस्पर्धात्मक प्रक्रिया अपनाई गर्नु पर्नेछ ।
(३) बोर्डको आय–व्यय विवरण, वासलात तथा वार्षिक प्रतिवेदन कुनै व्यक्तिले लिन चाहेमा बोर्डले तोके बमोजिमको दस्तुर तिरी त्यसको प्रतिलिपि प्राप्त गर्न सक्नेछ ।